ad ad

कला


पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको घोषणा

पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको घोषणा

नेपालखबर
माघ १२, २०७८ बुधबार ११:५२, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को मिति तय भएको छ। ‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा सहित आगामी चैत १० गतेदेखि निफको पाँचौँ संस्करण सुरु हुने भएको छ। ४ दिनसम्म चल्ने महोत्सवमा ३८ देशका ८९ चलचित्रले सहभागिता जनाउने छन्।

महोत्सवको ५ औँ संस्करणका लागि ५५ देशका बाट ५ सय भन्दा धेरै चलचित्र प्राप्त भएको  आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्ममा चलचित्रहरूको आवेदन माग गरिएको थियो । 

यो वर्ष नेपाली प्रतिस्पर्धामा ५० हजार रुपैयाँ नगद पुरस्कार सहितको ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको छ।

यो अवार्डका साथमा गएका वर्षहरुमा नियमित रुपमा प्रदान हुँदै आएका अन्र्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर सहित ‘गौतमबुद्ध अवार्ड’ प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विजोट अवार्ड’ प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरको ‘माउण्ट एभरेष्ट अवार्ड’, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलर सहित ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने छ। यसैगरी सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । 

नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .