छोरा आर्यन खान ड्रग्स प्रकरणमा पक्राउ परेयता सोसल मिडियामा नदेखिएका बलिउड अभिनेता शाहरुख खान ४ महिनापछि इन्स्टाग्राममा फर्केका छन्।
बुधबार शाहरुखले आफूले खेलेको एउटा व्यावसायिक विज्ञापन इन्स्टाग्राममा पोस्ट गरेका हुन्। जहाँ उनी पत्नी गौरीका साथ विलासी गाडीमा एउटा सुविधा–सम्पन्न महलमा गइरहेका छन्।
यो विज्ञापन कोरियन कम्पनी एलजीको ओएलईडी टेलिभिजनको हो, जसलाई विश्वकै पहिलो ‘रोलेबल’ टेलिभिजन भएको दाबी गरिएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार इन्स्टामा भिडिओ अपलोड गरेको १ घण्टामै घन्टामै ६ लाखभन्दा बढीले हेरेका छन्।
सोसल मिडियामा शाहरुख फर्केपछि उनका फ्यान निकै खुसी भएका छन्। एक जनाले लेखेका छन्, ‘द किङ इज ब्याक, फाइनल्ली।’
बलिउडमा शाहरुख खानलाई किङ खानले सम्बोधन गर्ने चलन छ।
२४ वर्षीय छोरा आर्यन ३ साता हिरासतमा रहेपछि धरौटीमा गत अक्टोबरमा रिहा भएका थिए।
हेर्नुहोस् शाहरुखको इन्स्टा अपडेट–
Shares
प्रतिक्रिया