गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पन्चेबाजा बजाउँदै’ बोलको भिडियो सार्वजनिक भएको छ। जुनी गजमेरले निर्माण गरेको यो भिडियो ‘रिदिन इन्टरटेनमेन्ट’ मार्फत सार्वजनिक गरिएको हो।
भिडियोमा गीतकार तथा संगीतकार येदीन गजमेरको शब्द तथा संगीत छ। विवाहको माहोल सुरु भए लगत्तै बजारमा ल्याइएको गीतले दर्शक श्रोताको मन छुनेमा आफू विश्वस्त रहेको गीतकार तथा संगीतकार येदीनले बताए।
गीतमा पछिल्लो पुस्ताका चर्चित मोडल सुधीर श्रेष्ठ र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ।
भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गरेका हुन्। पुष्कर सुनुवारले एरेन्ज गरेको यो गीतमा केशवराज भट्टको कोरियोग्राफी छ। बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्।
भिडिओ-
27
Shares
प्रतिक्रिया