कोरोना महामारीले सबैभन्दा ठूलो क्षति युवा पुस्तालाई गरेको अभिनेत्री केकी अधिकारीले बताएकी छिन्।
उनले कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित आफ्नो पुस्ता भएको बताइन्।
केकी भन्छिन्, ‘मलाई कोरोनाका कारण सबैभन्दा बढी घाटा हाम्रो जेनेरेसनलाई भए जस्तो लाग्छ।’
अबका वर्षमा कति फिल्म निर्माण हुने र त्यसमध्ये पनि कतिवटामा आफूले ठाउँ पाउने प्रश्न सुरु भएको केकीले बताएकी छिन्।
कोरोनाका कारण लामो समय काम ठप्प हुँदा केकी आफैँ दोधारमा परेकी छिन्। भन्छिन्, ‘चलचित्र बन्लान र काम गरौँला भनेर पर्खिने की आफैँ निर्माण गर्ने भन्ने दुबिधा छ।’
केकी नेपाली सिने उद्योगमा रुचाइएकी अभिनेत्री हुन्। उनले अभिनय गरेका चलचित्र ब्लक्बस्टर नभएपनि निर्माता निर्देशकको रोजाइमा पर्ने अभिनय छ। त्यसैले पनि उनले खाली बस्नु परेको थिएन्। तर पछिल्ला दुई वर्षमा कोरोनाका कारण निक्कै कम फिल्म निर्माण भए।
कोरोना कालमै छायांकन सुरु भएको ‘बोक्सीको घर’मा केकीले शिर्ष भूमिकामा रहेर अभिनय गरेकी छिन्। यो फिल्मको भर्खरै छायांकन सकिएको छ।
Shares
प्रतिक्रिया