नेपाल मिडिया अवार्ड, २०७८ को मनोनयन सार्वजनिक गरिएको छ। ड्रिम हाई नेपालले यही पुस २४ गते काठमाडौँमा गर्न लागेको उक्त कार्यक्रममा कूल १९ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो।
पहिलोपटक आयोजना हुन लागेको सो कार्यक्रममा टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ।
आर्थिक, स्वास्थ्य, राजनीति, सामाजिक, शैक्षिक, पर्यटनलगायतका क्षेत्रमा निरन्तर कलम चलाएका पत्रकार छनोटमा परेका छन्।
आयोजक संस्थाका निर्देशक कमल जिसीले नेपाल मिडिया अवार्डको मनोनयन सार्वजनिकसँगै भैरव रिसाल, किशोर नेपाल र नीर शाहलाई दीर्घ साधना सम्मानबाट सम्मान गरिने जानकारी दिए।
हेर्नुहोस् मनोनयन सूची–
Shares

प्रतिक्रिया