कला


सोनमसँग ब्रेकअप, सुशान्तसँग सुरु

सोनमसँग ब्रेकअप, सुशान्तसँग सुरु

फाइल तस्बिर : अभिनेत्री आना शर्मा र गायक सुशान्त केसी।


नेपालखबर
पुस २०, २०७८ मंगलबार १६:४९, काठमाडौँ

अभिनेत्री आना शर्माको ब्रेकअप अनि नयाँ प्रेम सम्बन्धको चर्चा व्यापक बनेको छ।

चलचित्र क्षेत्रमा पूर्वप्रेमी सोनम शेर्पासँग सम्बन्ध बिग्रिएपछि नायिका आना गायक सुशान्त केसीसँग नजिकिएको खबर फैलिरहेको छ। 

किनकि यसबीच उनीहरू सँगै घुमेका तस्बिर सामाजिक सञ्जालमा छाएका छन्। यो जोडी अंग्रेजी नयाँ वर्ष मनाउन मुस्ताङ पुगेको खबर पनि आएको छ। 

आनाको यो तेस्रो प्रेम हो। सुरुमा उनी नायक अनमोल केसीसँग प्रेममा रहेको चर्चा चलेको थियो। जेरी फिल्म प्रदर्शनताका उनीहरू प्रेममा थिए। तर अनमोलको नाम साम्राज्ञीसँग जोडिएपछि आना उनीसँग छुट्टिइन्।

यसपछि आना सोनमसँग जोडिएकी थिइन्। तर उनीसँग पनि सम्बन्ध बिग्रिएपछि अहिले आना गायक  सुशान्तसँग प्रेममा रहेको खबर सार्वजनिक भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad