कला


अमेरिकामा गीत गाइरहेका बेला राजेश पायल राईलाई स्टेजमै यसरी गरियो आक्रमण

अमेरिकामा गीत गाइरहेका बेला राजेश पायल राईलाई स्टेजमै यसरी गरियो आक्रमण

न्युयोर्कमा गीत गाइरहेका बेला स्टेजमै आएर एक व्यक्तिले गायक राजेश पायल राईलाई यसरी घोक्र्यायो।


नेपालखबर
पुस १७, २०७८ शनिबार १५:१७, काठमाडौँ

अंग्रेजी नयाँ वर्ष सन् २०२२ को उपलक्ष्यमा अमेरिकाको न्युयोर्कमा आज (शनिबार) आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेकै बेला गायक राजेश पायल राईलाई आक्रमण गरिएको छ। 

नेपाली समयानुसार आज दिउँसो १२ बजेतिर कन्सर्टमा गीत गाइरहेका बेला गायक राईलाई एक दर्शकले स्टेजमै उक्लेर पछाडिबाट गर्धन पक्रिँदै झम्टेका हुन्। 

तर दर्शकको सक्रियताले ती व्यक्तिले गायक राईलाई कुटपिट गर्न पाएनन्।  

नयाँ वर्ष २०२२ मनाउन गायक राई अहिले न्युयोर्कमा छन्। 

त्यसरी गायक राईलाई आक्रमण गर्ने व्यक्ति को हो र किन गरियो भन्ने विषयमा खुलिसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad