नेपाली कथानक चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक भएको छ।
सार्वजनिक टिजरमा एउटा गाउँले युवक कसरी शहर केन्द्रित हुन्छ भन्ने देखाउन खोजिएको छ।
चलचित्रमा काठमाडौं शहरलाई ‘चिसो एस्ट्रे’का रुपमा बिम्ब बनाइएको छ। बनाएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको हो । दिन्श पाल्पालीले निर्देशन गरेको चलचित्रमा आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा देखाउन खोजिएको छ।
आगामी चैत ४ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा महेश बाबुलाई प्रविन स्याङ्बा र सुस्मिता पराजुलीले संयुक्त रुपमा लगानी गरेका छन्।
अजर जंगमले संगीत गरेको यो चलचित्रमा निर्देशक दिन्शले चलचित्र लेखनसँगै चलचित्रका गीत पनि आफैं लेखेका छन्।
भिडिओ-
Shares

प्रतिक्रिया