हलिउड अभिनेता अर्नोल्ड स्वार्जेनेगर र अमेरिकी पत्रकार मारिया श्रीभरबीच सम्बन्ध विच्छेद भएको छ।
लस एन्जल्सको अदालतमा गएर उनीहरूले ३५ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका हुन्। सम्बन्ध विच्छेदका लागि मारियाले निवेदन दिएको १० वर्षपछि कानुनी प्रक्रिया पूरा भएको हो। उनीहरूबीच झन्डै ४० करोड अमेरिकी डलर बराबरको सम्पत्तिमा विवाद भएपछि अदालतले सम्बन्ध विच्छेदको निर्णय गर्न १० वर्ष लगाएको हो।
चार वर्षको प्रेम सम्बन्धपछि उनीहरूले सन् १९८६ मा बिहे गरेका थिए। फिल्म ‘टर्मिनेटर’ बाट निकै लोकप्रिय बनेका अभिनेता आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्वगभर्नरसमेत हुन्।
उनले एक घरेलु महिला कामदारसँग सम्बन्ध राखेर बच्चा जन्मेपछि पत्नी मारियासँग सम्बन्ध बिग्रिएको हो। त्यसपछि मारियाले सन् २०११ मा सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन्। उनीहरू त्यही बेलादेखि नै अलग्गै बस्न थालेका हुन्।
उनीहरूका २४, २८, ३० र ३२ वर्षका छोराछोरी छन्। एजेन्सी
Shares

प्रतिक्रिया