अभिनेत्री रेखा थापाले आउँदो वर्ष आफ्नो विवाह हुने सम्भावना रहेको बताएकी छिन्।
एक टेलिभिजन अन्तवार्ताका क्रममा अभिनेत्री थापाले २०७९ सालभित्र आफू विवाह बन्धनमा बाँधिने बताएकी हुन्।
आगामी वर्ष विवाहको योजना बनाएकी रेखाले केटा भने खोजिरहेको बताएकी छिन्। उनले आफ्नो लभ र एरेन्ज जे पनि हुन सक्ने उल्लेख गरेकी छिन्।
रेखाले आफूले आफ्नो हुनेवाला श्रीमान आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने चाहाना राखेकी छन्। घरजम गर्ने सुरमा रहेकी रेखाले तामझामका साथ विवाह नगर्ने बताएकी छिन्।
उनले भनेकी छिन्, ‘म यो देशको साधारण मानिस हुँ। मेरो कदमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा–बुवालाई यस्तै बिहे गर्दिनु पर्छ भनेर दुःख नदिउन्। तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ, मेरो त्यस्तो हुँदैन।’
निर्माता छविराज ओझासँगको पारपाचुकेपछि रेखा एक्लै बस्दै आएकी छिन्। रेखाले आफूले कलाकारिता बाहिरको मानिससँग घरजम गर्ने बताएकी छिन्।
Shares

प्रतिक्रिया