कला


धनगढीमा छल्किएको रामकृष्णको खुशी

धनगढीमा छल्किएको रामकृष्णको खुशी

नेपालखबर
पुस ७, २०७८ बुधबार १२:४८, काठमाडौँ

सांगीतिक कार्यक्रम ‘सप्तरंग–३’ चलिरहेको छ। गृष्मा ब्रोडकास्टिङले आयोजना गरेको सांगीतिक टुरमा गायक रामकृष्ण ढकालदेखि महानायक राजेश हमालसम्म देशका विभिन्न स्थानमा पुगिरहेका छन्।

सातै प्रदेशमा आयोजना भैरहेको सप्तरंगको यात्रामा रहेका गायक रामकृष्ण ढकालले यात्रा निकै रोमाञ्चक भएको बताएका छन्। मंसिर २४ गते काँकडभिट्टाबाट सुरु भएको सप्तरंग यात्रा पुस ९ गते पोखरा पुगेर सकिनेछ। 

जनकपुर, चितवन, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरामा आयोजना हुने सप्तरंग सांगीतिक कार्यक्रमका क्रममा अहिले सप्तरंग टोलीले धनगढीको कार्यक्रम सम्पन्न गरेकोछ। धनगढीमा पाएको माया र सम्मान गायक ढकालले फेसबुक मार्फत सार्वजनिक गरेका छन्। 

उनले धनगढीका  स्रोता/दर्शकलाई धन्यवाद दिएका छन्। उनले लेखेका छन, ‘धनगढीका सम्पूर्ण सङ्गीतप्रेमी दर्शक स्रोताहरूले हामीप्रति देखाएको अगाध माया, स्नेह र सद्भावका निम्ति धन्यवाद।’

संप्तरंग सांगीतिक यात्रामा राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीले सहभागीता जनाएका छन्। संप्तरंगको यो संस्करण शुक्रबार पोखराबाट समापन हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad