कला


चेपाङ विद्यार्थीसँग रमाउँदै रेखा थापा

चेपाङ विद्यार्थीसँग रमाउँदै रेखा थापा

नेपालखबर
पुस ७, २०७८ बुधबार ८:५२, काठमाडौँ

अभिनेत्री रेखा थापा चितवन पुगेकी छिन्। उनी चितवनका विभिन्न विद्यालयमा अध्ययन गरिरहेका चेपाङ बालबालिकालाई भेट्न चितवन पुगेकी हुन्। चितवन पुगेर उनले विद्यालयमा अध्ययनरत चेपाङ बालबालिकालाई भेटेकी छिन्।

भेटपछि उनीहरुको उज्वल भविष्यको कामना गर्दै रेखाले सामाजिक सञ्जालमा तस्बिर शेयर गरेकी छिन्।

उनले चेपाङ बालबालिकासँगका तस्बिर शेयर गर्दै लेखेकी छिन, ‘चितवनका विद्यालयमा अध्यानरत चेपाङ विद्यार्थीहरुसँग साक्षात्कार गर्न पाउँदा हर्षित छु। उनीहरुको उज्वल भविष्यको कामना।’ 

रेखा बेलाबेला चितवनमा रहेको चेपाङ संरक्षण केन्द्रमा पुगिरहेकी हुन्छिन्। उनको चेपाङ बालबालिकाप्रतिको लगाव प्रष्टै देखिन्छ। उनीहरुको शिक्षाका लागि रेखाले सहयोग पनि गर्दै आएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad