गत कात्तिकदेखि बन्द टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ले पुनः निरन्तरता पाउने भएको छ।
‘फूलन्देकी आमा’को भूमिकामा रहेका उमेश राई सोही चरित्रमा अर्कै कार्यक्रम गएपछि स्थगित ‘मुन्द्रेको कमेडी क्लब’ नयाँ ढाँचा र टोलीका साथ पुनः सुरु गर्न लागिएको हो।
कार्यक्रम सञ्चालक जितु नेपाल ‘मुन्द्रे’ले यसका लागि तयारी भइरहेको बताएका छन्।
तर अहिले प्रसारणका लागि टेलिभिजनसँग छलफल जारी रहेकाले कहिले सुरु हुन्छ भन्ने मिति तय हुन बाँकी रहेको उनले जानकारी दिएका छन्।
सञ्चारकर्मी तथा निर्देशक दिनेश डीसीले पनि उक्त कार्यक्रममा सहकार्य गर्ने बताइएको छ।
अभिनेत्री करिश्मा मानन्धर उक्त कार्यक्रमकी अध्यक्ष हुन्। उनले नै निरन्तरता पाउने जितुले बताएका छन्।
240
Shares

प्रतिक्रिया