कला


ऐश्वर्यासँग प्रवर्द्धन निर्देशनालयको प्रश्नः ५० हजार डलरको कम्पनी किन १ हजार डलरमा बेचेको?

ऐश्वर्यासँग प्रवर्द्धन निर्देशनालयको प्रश्नः ५० हजार डलरको कम्पनी किन १ हजार डलरमा बेचेको?

फाइल तस्बिर


नेपालखबर
पुस ६, २०७८ मंगलबार १३:१३, काठमाडौँ

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग भारतको प्रवर्द्धन निर्देशनालयले ५ घण्टा लामो सोधपुछ गरेको छ। पानामा पेपरमा मुछिएको सम्बन्धमा निर्देशनालयले ऐश्वर्यासँग सोधपुछ गरेको हो। उनीसँग उनको कम्पनी र बैंक एकाउन्टका विषयमा सोधपुछ गरिएको थियो। 

निर्देशनालयका पदाधिकारीले ऐश्वर्यासँग ५० हजार डलरमा खरिद गरेको कम्पनी किन १ हजार ५ सय डलरमा बेच्नु पर्यो भनेर प्रश्न गरेको भारतीय सञ्चार माध्यम दैनिक भास्करमा उल्लेख  छ। उनलाई निर्देशनालयले अमिताभ बच्चनकी बुहारी भएपछि किन कम्पनी बन्द गर्नुपर्‍यो? भन्ने प्रश्न पनि गरेको समाचारमा उल्लेख  छ। 

सोमबार निर्देशनालयका पदाधिकारीले दिल्लीको लोकनायक भवनमा ऐश्वर्यासँग सोधपुछ गरेका थिए। सोधपुछ सकेर राती ७ बजे ऐश्‍वर्या उक्त भवनबाट बाहिर निस्किएको बताइएको छ। 

सन् २०१६ मा पानामा ल फर्मको १ करोड १५ लाख ट्याक्स सम्बन्धी दस्तावेज लिक भएका थिए। जहाँ भारतका मात्रै ५ सय भन्दा धेरैको नाम जोडिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad