नेपाली कथानक चलचित्र ‘कबड्डी ४’को टिजर सार्वजनिक गरिएको छ। रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको छ।
‘कबड्डी’अन्तिम सिरिज भनिएको ‘कबड्डी ४’ले आगामी वर्षको बैशाख २३ लाई प्रदर्शन मिति पक्का गरेको छ। बाँसुरी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, अयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन्।
शैलेन्द्र डी कार्कीको छायांकन रहेको चलचित्रको दृष्य निमेष श्रेष्ठले सम्पादन गरेका छन। चलचित्रमा कालीप्रसाद बाँस्कोटा, एमडी योगी र अनुपम शर्माको संगीत रहेको छ। चलचित्र लेखनमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले सहकार्य गरेका छन्।
चलचित्रको सार्वजकिन टिजरमा दयाहाङ र मिरुनाको प्रेममा सौगात मल्लको ‘इन्ट्री’ रोचक ढंगमा प्रस्तुत गरिएको छ। ‘कबड्डी ४’मा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलले लगानी गरेका छन्।
‘कबड्डी’का यस अघिका ३ सिरिज सिने उद्योगमा सफल भएका थिए।
भिडिओ -
Shares

प्रतिक्रिया