साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ। नातिकाजी स्मृति समाजले २४ जनालाई सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको हो।
नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान गायन विधामा नुपुर बनर्जी भट्टाचार्यलाई दिइने छ। नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बीबी थापा (रचना), नारयाणदास कार्की ढली (बाद्यबादन), शिला पन्त (रचना), सीताराम पोखरेल (गायन÷रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रा÷संगीत), शीतल कादम्बेनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिने भएको छ।
यसैगरी नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देशार (गायन) र शिव परियार (गायन) लाई प्रदान गरिने भएको छ। नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डीपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार) लाई पुरस्कृत गरिने समाजले जनाएको छ।
नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार कृष्ण कँडेल तथा नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार दिवाकर मैनाली र विजयरत्न तुलाधरलाई दिइने भएको छ। संगीतकार नातिकाजीको ९७औं जन्मदिनको अवसर पारेर सम्मान र पुरस्कार घोषणा गरिएको समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले जानकारी दिए। सम्मान र पुरस्कार राष्ट्रपतिले प्रदान गर्ने उनले बताए।
यस्तै, नातिकाजी स्मृति समाजमा नयाँ नेतृत्व चयन भएको छ। समाजको अध्यक्षमा संगीतकार बासकोटा, उपाध्यक्षमा नरेन्द्र खड्का, विश्वबल्लभ भट्टराई र दीपक श्रेष्ठ, सचिव राजाराम फुयाँल, कोषाध्यक्ष प्रदीप गुरागाईँ सदस्यहरूमा रत्न श्रेष्ठ, डा.घनश्याम खतिवडा, मनोहर सुनाम, रीता महर्जन, पदेन सदस्यमा काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष शुद्धकुमार डंगोल, अन्तर्राष्ट्रिय संयोजक प्रेमबहादुर श्रेष्ठ छन्।
Shares

प्रतिक्रिया