कला


मह जोडी नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेस्डर’

मह जोडी नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेस्डर’

नेपालखबर
पुस ४, २०७८ आइतबार १३:३५, काठमाडौँ

हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेस्डर’मा नियुक्त भएका छन्। 

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै सम्झौता पत्रमा हस्ताक्षण गरिएको छ। 

उक्त सम्झौता पत्रमा टेलिकमकातर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका छन्। 

दुई कलाकारलाई ‘ब्रान्ड एम्बेस्डर’का रुपमा स्वागत गर्दै अधिकारीले दुई अग्रज कलाकारलाई टेलिकममा स्वागत गर्न पाउँदा गौरव महसुस भएको बताए। 

टेलिकमको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएपछि कलाकार मदनकृष्ण र हरिवंशले स्वदेशी लगानी, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक संस्थाको  ‘ब्रान्ड एम्बेस्डर’ हुन पाएकोमा गौरवान्वित महसुस गरेको बताए। 

यो सम्झौतापछि मह जोडीले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्रान्ड प्रवर्द्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्य गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad