कला


नयाँ कमेडी ‘शो’को तयारीमा जितु नेपाल

नयाँ कमेडी ‘शो’को तयारीमा जितु नेपाल

नेपालखबर
पुस ४, २०७८ आइतबार १३:४, काठमाडौँ

हास्य कलाकार जीतु नेपालले केहि समय अघि आफ्नो लोकप्रिय ‘कमेडी शो’ बन्द गरे । पत्रकार सम्मेलन नै गरेर ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका नेपालले नयाँ ‘शो’ ल्याउने तयारी गरेका छन्। ‘शो’को तयारी अन्तिम चणमा पुगेको नेपालले बताए ।

नयाँ ‘शो’को तयारीमा लागेका जितु प्रचारका लागि विभिन्न टेलिभिजनसँग कुराकानी गरिरहेका छन्। दीपाश्री निरौंला र करिष्मा मानन्धरसँग ‘मुन्द्रको कमेडी क्लब’मा सहकार्य गरेका जितुले यसपटक भने दिनेश डिसीसँग सहकार्य गर्नेछन्।

डिसीसँग सहकार्यका लागि छलफल भइरहेको जितुले सुनाए । उनले भने, ‘अब छिट्टै नयाँ कमेडी रियालिटी शो आउँदै छ।’

प्रसारण गर्ने टेलिभिजन फाइनल भएपछि जितुले औपचारिक रुपमा नयाँ ‘शो’का बारेमा जानकारी दिने बताएका छन्।

‘मुन्द्रेको कमेडी क्लब’मा जितुसँग सहकार्य गरेका कलाकार उमेश राईले सोही प्रकारको अर्को कार्यक्रम चलाउने भएपछि जीतले उक्त ‘शो’ बन्द गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad