कला


कटरिनाले सार्वजनिक गरिन् रोमान्टिक तस्बिर

कटरिनाले सार्वजनिक गरिन् रोमान्टिक तस्बिर

नेपालखबर
मंसिर २८, २०७८ मंगलबार १९:४०, काठमाडौँ

भर्खरै बिहे गरेकी बलिउड अभिनेत्री कटरिना कैफले आज पहिलोपटक प्रि–वेडिङ सुटका केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। यी तस्बिरमा कटरिना र विक्की कौशल दुवै रोमान्टिक देखिएका छन्।

कटरना–विक्कीले डिसेम्बर ९ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गरेका थिए। विवाहपछि विक्की–कटरिना दुवैले आफ्नो शाही विवाहका तस्बिरमार्फत आफ्ना फ्यानहरूसँग हल्दी, मेहन्दी, संगीत, मण्डप र धेरै संस्कार सेयर गरेका छन्।

माया, सम्मान र कदरका लागि 
कटरिना कैफले प्रि-वेडिङ फोटो सुटका रोमान्टिक तस्बिर सेयर गर्दै लेखेकी छन्- प्रेम, सम्मान र कदरका लागि। 

विक्कीले पनि कटरिनासँगका तस्बिर सेयर गर्दै त्यही क्याप्सन लेखेका छन्। दुवैले सेयर गरेका तस्बिरर सिक्स सेन्स फोर्टमा भएको प्रि-वेडिङ सुटका हुन्। तस्बिरमा जोडी निकै सुन्दर देखिन्छ। यो जोडी मंगलबार माल्दिभ्सबाट हनिमुन मनाएर फर्किएका हुन्।

हेर्नुहाेस् केही तस्बिर

यो पनि :

हनिमुन मनाउन विक्की–कटरिना माल्दिभ्समा, फर्केपछि बस्नेछन् यो अपार्टमेन्टमा (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad