सिन्धुलीमा एक सातादेखि नेपाली चलचित्र ‘रेड सुटकेस’ सुटिङ भइरहेको छ।
जसमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गरिरहेका छन्।
तर यो फिल्म होहल्ला नगरी गुपचुप ढंगले छायांकन भइरहेको बताइएको छ।
काठमाडौं–सिन्धुली यात्रामा आधारित उक्त चलचित्रमा सौगात र सृष्टिकै प्रमुख भूमिका छ।
फिडेल देवकोटाको निर्देशनमा फिल्म सुटिङ भइरहेको हो। सिन्धुलीका विभिन्न स्थानमा अरू एक साता सुटिङ जारी रहने निर्माण पक्षले जनाएको छ।
नायिका श्रृष्टिले त्यहाँ सुटिङका केही तस्बिर र भिडिओ सार्वजनिक गरेकी छन्।
हेर्नुहोस् तल–
174
Shares
प्रतिक्रिया