एकताका चर्चित अभिनेता सुधांशु जोशी लामो समयपछि अभिनयमा फर्किने भएका छन्।
सन् १९९४ को सुपरहिट फिल्म ‘जाली रुमाल’ का नायक जोशी मुकुन्द भट्टले निर्माण गर्न लागेको चलचित्र ‘एक्स ९’ मा अभिनय गर्न लागेका हुन्।
अभिनेता जोशी २६ वर्षको विश्रामपछि अभियन यात्रामा फर्किन लागेका हुन्।
अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटवालको समेत यसमा मुख्य भूमिका छ।
यो ग्याङ स्टार फिल्ममा सुधाशुंको भूमिका कस्तो हुने, प्रस्ट भइसकेको छैन।
249
Shares
प्रतिक्रिया