नेटफिल्क्सले पहिलोपटक नेपाली पात्र र कथामा बनाएको ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ फिल्म सोमबार विश्वभर प्रिमियर हुँदै छ।
आज एकसाथ ११९ मुलुकका २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गरिने नेटफिल्क्सले जनाएको छ। दर्शकले ३१ भाषाबाट यो फिल्म हेर्न पाउनेछन्।
नेपाली कीर्तिमानी आरोही निर्मल पुर्जाको जीवनमा आधारित यो फिल्म गत साता काठमाडौंमा प्रिमियर गरिएको थियो।
फिल्ममा पुर्जाले ६ महिनाभित्र विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल कसरी चढे भन्ने कथा प्रस्तुत गरिएकाे छ।
धौलागिरी हिमालको फेदीमा जन्मिएका म्याग्दीका ३८ वर्षीय पुर्जाले २०७६ वैशाख १० गते अन्नपूर्ण हिमालबाट आरोहण यात्रा थालेका थिए।
२०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण गरेपछि उनको प्रोजेक्ट पोसिबल अभियान सम्पन्न भएको थियो।
Shares
प्रतिक्रिया