बलिउड अभिनेत्री प्रियंका चोपडाले व्यक्तिगत जीवनबारे फेरि अर्काे हंगामा मच्चाएकी छन्।
केही दिनअघि मात्र पति निक जोनससँग सम्बन्धविच्छेद गर्न लागेको आशंका फैलाएकी उनले अहिले आफू आमा बन्न लागेको हल्ला गरेकी हुन्।
जोनसका तीन दाजुभाइ निक, केभिन र जोको हालै नेटफ्ल्क्सिमा रिलिज भएको नयाँ कार्यक्रम ‘जोनस ब्रोथर्स फ्यामेली रोस्ट’मा नायिका प्रियंकाले आफू आमा बन्दै गरेको बताएपछि सबै जना छक्क परेका हुन्।
उनले एक्कासि यस्तो घोषणा गरेपछि कार्यक्रमका केही बेर सन्नाटा छाएको थियो।
तर वास्तवमा उनले मजाक गरेकी रहिछन्!
उनले कार्यक्रमकै लागि भनेर यस्तो ठट्टा गरेको बलिउड लाइफले जनाएको छ।
‘मैले मजाक गरेकी हुँ’, प्रियंकाले हाँस्दै भनिन्, ‘तर निकको अनुहार हेर्न लायकको थियो।’
288
Shares

प्रतिक्रिया