भारतीय अभिनेता सलमान खानको फिटनेसको सधैं चर्चा हुने गरेको छ। भारतका धेरै सेलिब्रेटीहरु पनि फिटनेसको लागि सलमान खानबाट प्रेरित भएको बताउँछन्।
यद्यपि सलमान आफैं भने धर्मेन्द्रबाट फिटनेसको लागि प्रभावित भएको बताउँछन्।
हालै रणवीर सिंहको क्विज शो मा पुगेका सलमानले भने नयाँ कलाकारको फिटनेसलाई ध्यानमा राख्दै ५६ वर्षको उमेरमा पनि आफ्नो शरीरको धेरै ख्याल गर्नुपर्ने बताएका थिए।
फिटनेसको लागि तपाईं कोबाट प्रभावित हुनुहुन्छ भन्ने प्रश्नमा सलमान खानले भनेका थिए, ‘म सधैं धर्मजी (धर्मेन्द्र)लाई पछ्याउँछु , उनको अनुहारमा सरलता छ। उनी निकै राम्रो देखिने व्यक्ति हुन्।’ सलमानले यो शोमा आफ्नो संघर्षको कहानी पनि सुनाएका थिए।
उनले भने, ‘करियरको सुरुवातमा ३ सिफ्टमा काम गर्थेँ र सधैं सुटिङको समय धेरै टाढा होस् भन्ने सोच्थेँ किनकी आधा घण्टा भए पनि कारमा सुत्न सकूँ। म काम सकेर घर पुग्दा घरका सबै मानिसहरु सुतिरहेका हुन्थे।’
Shares

प्रतिक्रिया