रक्तिम सांस्कृतिक अभियानकी गायिका लक्ष्मी गुरुङको निधन भएको छ।
श्वासप्रश्वास र निमोनियाबाट पीडित गुरुङको बिहीबार भैरहवामा निधन भएको हो।
गुरुङ रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार थिइन्।
उनको ‘उत्तरबाट बादल आउँदा उत्तरतिरै हेर्छिन् रे, बम्बैको कोठरीमा हाम्री चेली रुन्छिन् रे’ लगायतका गीतहरु चर्चित छन्।
उनले रक्तिम सांस्कृतिक अभियानद्वारा सार्वजनिक थुप्रै गीतमा जीवन शर्मासँगै स्वर दिएकी छन्।
कास्की जिल्लाको भदौरे भन्ने ठाउँमा विसं २०२३ सालमा जन्मिएकी गुरुङ सानै छँदा उनको परिवार रुपन्देहीको बेलैया भन्ने गाउँमा बसाइँ सरेको थियो।
गायिका गुरुङको निधनप्रति नेकपा (मसाल) ले गहिरो दुःख प्रकट गरेको छ।
महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार शोक वक्तव्य प्रकाशित गरी गुरुङको निधनले पार्टीले इमान्दार, आशावादी तथा कर्तव्यनिष्ठ सदस्य गुमाउनुपरेको बताएका छन्।
Shares

प्रतिक्रिया