ad ad

ग्लोबल


कश्मीरमा २४ घण्टामा भएका चरमपन्थी आक्रमणमा दुईजनाको मृत्यु

कश्मीरमा २४ घण्टामा भएका चरमपन्थी आक्रमणमा दुईजनाको मृत्यु

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १०:५८, काठमाडौँ

भारत प्रशासित कश्मीरको श्रीनगरमा पछिल्लो २४ घण्टामा भएका दुई चरमपन्थी आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ।

कश्मीरमा आइतबार एक प्रहरीको हत्या भएको थियो। त्यसको एक दिनपछि सोमबार साँझ अर्का एक आम नागरिकको चरमपन्थी आक्रमणमा मृत्यु भएको भारतीय प्रहरीले बताएको छ। 

भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार ४५ वर्षीय मोहम्मद इब्राहिम नाम गरेका व्यक्तिको सोमबार गोली हानी हत्या भएको हो।

सोमबारको आक्रमणमा मारिएका इब्राहिम श्रीनगरका एक पुजारीको किराना पसलमा सहयोगीको रुपमा काम गर्थे। उनको टाउको र पेटमा गोली लागेको थियो र उपचारको क्रममा उनको मृत्यु भएको हो। 

भारत प्रशासित कश्मीरको उच्च सुरक्षा भएको श्रीनगरमा पछिल्लो २४ घण्टामा दुईजनाको हत्या भएको छ। गत महिना आम नागरिक र आप्रवासी मजदुरको हत्यापछि यहाँको सुरक्षा बढाइएको छ। यसअघि आइतबार श्रीनगरको बटमालू क्षेत्रमा चरमपन्थीले समूहले एक प्रहरीको गोली हानी हत्या गरेका थिए। 

गत महिनादेखि श्रीनगरमा हिंसा बढ्दो छ। अक्टोबर ५ मा एक स्थानीय कश्मीरका पण्डित र बिहारका एक मजदुरको हत्या भएको थियो।

त्यसको दुई दिनपछि एक स्कुलका प्रिन्सिपल र एक शिक्षकको हत्या भएको थियो। त्यस्तै अक्टोबर १६ मा श्रीनगरको ईदगाई क्षेत्रमा एक आप्रवासी मजदुरको हत्या भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .