कलाकार प्रकाश पराजुली र मिना बुढाथोकी पहिलो सिजनको दोहोरी च्याम्पियन बन्न सफल भएका छन्।
पोखरामा शनिबार भएको दोहोरी च्याम्पियनको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकीको समूह च्याम्पियन भएको हो।
विजेता समूहले नगद २० लाख रुपैयाँ र १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार हात पारेको छ।
कलाकार बालचन्द्र बराल र शोभा कार्कीको समूह दोस्रो भएको छ। उपविजेता समूहले नगद १० लाख रुपैयाँ र ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ।
पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विजेता र उपविजेता समूहलाई पुरस्कार प्रदान गरेका छन्।
348
Shares

प्रतिक्रिया