कला


‘बियोन्ड द स्टार-सलमान खान’मा आलिया भट्ट

‘बियोन्ड द स्टार-सलमान खान’मा आलिया भट्ट

नेपालखबर
कात्तिक ११, २०७८ बिहिबार १४:३९, काठमाडौँ

बलिउड स्टारर सलमानको जीवनीमा डक्युड्रामा बन्ने भएको छ। यसको नाम ‘बियोन्ड द स्टार–सलमान खान’ रहने बताइएको छ।

यस डकुमेन्ट्रीमा सलमान खानको जीवनसँग सम्बन्धित धेरै नसुनेका कुरा सार्वजनिक गरिने छ। यस डकुमेन्ट्रीमा फिल्म उद्योगसँग जोडिएका धेरै स्टार र व्यक्तिलाई पनि समावेश गरिएको छ।

अब यो सूचीमा अभिनेत्री आलिया भट्टको नाम पनि परेको छ। यस सिरिजमा आलिया भट्टको भूमिका एक एङकरको हुनेछ, जो सिरिजका धेरै एन्करमध्ये एक हुनेछिन्।

परियोजनाको नजिकको स्रोतले पिंकभिलालाई भन्यो, ‘सञ्जय लीला भन्सालीको इन्शाअल्लाहमा आलिया र सलमान खानले सँगै काम गर्ने भनिएको थियो तर परियोजना बीचमै रोकियो।’ 

यसैबीच, आलिया भट्ट सलमान खानको डकुमेन्ट्रीमा देखिन आतुर छिन्। यो सिरिजमा उनी धेरै सेलिब्रेटीलाई प्रश्न गर्दै जवाफ दिने देखिनेछिन्। आलिया भट्टले पनि आफ्नो भागको सुटिङ पूरा गरिसकेकी छिन्। यस सिरिजमा सलमान खान, सञ्जय लीला भन्साली, आलिया भट्टलगायत धेरै चर्चित सेलिब्रेटीहरू पनि देखिनेछन्।

उनीहरूका साथै सलमानको परिवारबाट सलीम खान, अरबाज खान, सोहेल खान, सलमानका साथीहरूमा डेभिड धवन, सुरज बजमी, अनीस बज्मी र ज्याकी श्राफ, सञ्जय दत्त जस्ता कलाकारहरू छन्। यस वृत्तचित्रको स्ट्रिमिङका लागि निर्माताहरूले प्रमुख ओटीटी प्लेटफर्मसँग कुराकानी गरिरहेका छन्।

यो सिरिज सलमान खानको प्रोडक्सन हाउसले बनाएको हो। साथै यो शृङ्खला आगामी वर्षको मध्यसम्ममा दर्शक समक्ष प्रस्तुत गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad