ad ad

कला


यसरी डलर करोडपति बने १० बलिउड सुन्दरी

यसरी डलर करोडपति बने १० बलिउड सुन्दरी

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार ७:३७, काठमाडौँ

अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा असमानतालाई लिएर बलिउडमा विवाद चलिरहेकै छ।

यहीबीचमा भने केही यस्ता अभिनेत्री पनि छन् जो ठूला बजेटको फिल्ममा ठूलै पारिश्रमिकको चेक लिइरहेका छन्। 

यद्यपि धेरै यस्ता अभिनेत्रीको आम्दानी समर्थन सम्झौता, व्यावसायिक साझेदारी र लगानीबाट आउँछ। यहाँ चर्चा गर्न खोजिएको चाहिँ १० यस्ता बलिउड सुन्दरीको हो जो डलर करोडपति बनेका छन्– 

ऐश्वर्या राय बच्चन (१० करोड अमेरिकी डलर) 
भर्खरै मात्र पूर्वविश्व सुन्दरी ऐश्वर्याले पेरिस फेसन विकमा एल’ओरियल पेरिस वुमेन्सवेयर स्प्रिङ÷समर२०२२ शोमा सहभागिता जनाइन्। ४७ वर्षीया अभिनेत्रीको कुल सम्पत्ति १० करोड अमेरिकी डलर रहेको छ। उनी दशकयता एल’ओरियल ग्लोबल ब्रान्ड एम्बेसडर रहँदै आएकी छिन्।

यसका लागि भएको सम्झौता उनको मुख्य आयस्रोत हो। भारतभित्र पनि प्रसिद्ध अनुहार उनले आफ्नो जीवनकालमा धेरै ब्रान्डहरुको समर्थन गरेकी छिन्। लक्स, कोका–कोला र लंगाइन्सदेखि पेप्सी र फुजी फिल्मसम्मलाई उनको समर्थन छ।

देवदास फिल्मकी यी स्टारले साढे ६ लाख अमेरिकी डलर पोषणसम्बन्धी स्वास्थ्यसेवा कम्पनीमा लगानी गरेको इकोनोमिक टाइम्स इन्डियाले जनाएको छ। 

प्रियंका चोपडा जोन्स (७ करोड डलर) 
धेरै धनी १० बलिउड सुन्दरीको सूचीमा दोस्रो स्थानमा आउँछिन् विश्व सुपरस्टार प्रियंका चोपडा। सेलिब्रिटी नेटवर्थका अनुसार ३९ वर्षीया प्रियंकासँग वार्षिक आय १ करोड डलरसहितको ७ करोड अमेरिकी डलर सम्पत्ति छ। अभिनय करिअर हलिउडमा फस्टाइरहँदा यी भारतीय अभिनेत्री मोटै चेक क्रोक्स, बोन भी!भी स्पाइक्ड सेल्ट्जरलगायतका ब्रान्डबाट हात थाप्छिन्।

उनी भर्खरैमात्र बल्गारीको ग्लोबल एम्बेसडर समेत भएकी थिइन्। उनी फिल्म र सांगीतिक उत्पादक पनि हुन्। श्रीमान् निक जोन्ससँग मिलेर सांगीतिक क्षेत्रमा काम गरिरहेकी उनले बम्बललगायतका प्रविधि कम्पनीमा लगानी पनि गरेकी छिन्। यतिमात्र होइन प्रियंका अनोमली ब्रान्ड र न्युयोर्कमा सोनाको रुपमा चर्चित भारतीय रेस्टुराँकी मालिक पनि हुन्। 

करिना कपुर (६ करोड डलर) 
यो सूचीको तेस्रो नम्बरमा पर्छिन् ४१ वर्षीया करिना कपुर। दुई दशकसम्म बलिउडमा राज गरेकी करिनासँग ६ करोड अमेरिकी डलर सम्पत्ति रहेको आईबीटाइम्सले जनाएको छ।

फिल्म क्षेत्रमा लामो समय सक्रिय उनले धेरै आयसम्बन्धी सम्झौता गरेकी छिन्। उनले १५ भन्दा धेरै ब्रान्डहरुलाई समर्थन गरेकी छिन्। थ्रि इडियट्सकी उनले बान्द्रा, मुम्बईजस्ता चर्चित भारतीय सहरमा घरजग्गा क्षेत्रमा समेत लगानी गरेकी छिन्। 

अनुष्का शर्मा (४ करोड ७० लाख डलर) 
डीएनए इन्डियाका अनुसार अभिनेत्री अनुष्का शर्मासँग ४ करोड ६० लाख अमेरिकी डलर सम्पत्ति छ। पीके फिल्मकी यी स्टारले एउटा फिल्ममा अभिनय गरेबापत १५ करोड भारु (२० लाख डलर) लिने गरेको डीएनए इन्डियाले जनाएको छ। 

३३ वर्षीया यी सुन्दरीको शुल्क बलिउडमा औसतभन्दा माथि नै रहँदा भर्खरै आमा बनेकी उनले थुप्रै हाइप्रोफाइल ब्रान्ड निभिया, प्यान्टिनी, एली १८ कस्मेटिक्स, गुगल पिक्सेल र भिभोसँग समर्थन सम्झौता गरेकी छिन्।

दीपिका पादुकोण (४ करोड डलर) 
यो वर्षको सुरुतिरै दीपिका पादुकोणले सञ्जयलीला भन्सालीको आगामी प्रोजेक्ट ‘बैजु बावरा’मा पारिश्रमिकमा कुरो नमिल्दा अस्वीकार गरिन्। ३५ वर्षीया यी सुन्दरी समान पारिश्रमिककी वकालत गर्छिन्। बाहुबली स्टार प्रभास र अमिताभ बच्चनसँगको आगामी फिल्ममा उनले २७ लाख अमेरिकी डलर पारिश्रमिक लिएको बताइएको छ।

पद्मावतकी यी स्टारले कोकाकोला, नाइक, एल’ओरियल पेरिस, चोपार्ड, टिसोटजस्ता ठूला ब्रान्डलाई समर्थन गरेकी छिन्। भर्खरै उनले आफ्नै लाइफस्टाइल ब्रान्डको घोषणा गरेकी थिइन् जुन सन् २०२२ मा आउने बताइएको छ। सेलिब्रिटी नेटवर्थका अनुसार उनीसँग ४ करोड अमेरिकी डलर सम्पत्ति छ। 

माधुरी दीक्षित (३ करोड ५० लाख डलर) 
१९९० को दशकको धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् हँसिलो अनुहारकी माधुरी। ५४ वर्षीया यी अभिनेत्रीसँग अझै पपनि ठूला परियोजना र टीभी गिग्स छन्। उनीसँग साढे ३ करोड अमेरिकी डलर सम्पत्ति रहेको सेलिब्रिटी नेटवर्थको भनाइ छ।

अभिनय करिअरबाट सन् २००७ मा केही समय विश्राम लिएकी उनले फेरि पछि फर्किनुपरेको छैन। त्यसयता दर्जन फिल्ममा देखिएकी छिन्। सन् २०१९ को टोटल धमालमा उनले ठूलै चर्चा कमाएकी थिइन्। उनलाई नृत्यमा पारंगत अभिनेत्री मानिन्छ।

भारतीय चर्चित टिभी शो झलक दिख्ला जामा निर्णायकको भूमिका निर्वाह गरेकी उनले सो यु थिंक यु क्यान डान्स (इन्डिया) र डान्स दिवानेमा पनि सोही भूमिका पाएकी थिइन्। यसबाहेक विभिन्न ब्रान्डसँगको समर्थन सम्झौताबाट पनि उनले राम्रै आम्दानी गर्छिन्। 

क्याट्रिना कैफ (३ करोड डलर) 
अभिनयमा धेरै मिहिनेत पोख्नेका रुपमा चर्चित बलिउड सुन्दरी हुन् क्याट्रिना। उनीसँग ३ करोड डलर सम्पत्ति रहेको सेलिब्रिटी नेट वर्थले जनाएको छ। ३५ वर्षीया यी सुन्दरीले बक्स अफिसमा बितेको ५ वर्षमा थुप्रै हिट फिल्म दिएकी छिन्। टाइगर जिन्दा है (२०१२), जिरो (२०१८) र भारत (२०१९) यसका उदाहरण हुन्। 

जीक्यु इन्डियाका अनुसार क्याट्रिनाले थुप्रै ब्रान्डको समर्थन गरेकी छिन्। रिबोक, ट्रोपिकाना, लेन्सकार्ट, मेट्रो शुज र ओप्पोसँग उनको सम्झौता छ। यसबाट वार्षिक ३ करोड डलर आय हुने गरेको छ। उनले के ब्युटी नामको शृंगार ब्रान्ड पनि ल्याएकी छिन्। 

शिल्पा शेट्टी (१ करोड ८० लाख डलर) 
श्रीमान् राज कुन्द्राको विवादले चर्चा पाइरहँदा शिल्पा शेट्टी व्यवसाय समझदार बनेकी छिन्। उनीसँग १ करोड ८० लाख डलर सम्पत्ति रहेको सीए नलेजले जनाएको छ।

बेलायतको सेलिब्रिटी बिग ब्रदर जितेपछि धेरै फिल्म नगरे पनि उनले आफ्नो अभिनयकौशललाई आयको मुख्य माध्यम बनाएकी छिन्। उनले सफल फिटनेस एप सिम्पल सोलफुल एप, उच्चश्रेणीको रेस्टुराँलगायत पनि सञ्चालन गरेकी छिन्।

माधुरीकै पदचाप पछ्याएकी उनी पनि जरा नाचके दिखा, नाच बालिये र सुपर डान्सरकी निर्णायक बनेकी थिइन्। टाइम्स अफ इन्डियाका अनुसार शेट्टीले १ देखि १ करोड ४० लाख भारुसम्म सुपर डान्सरबाट लिन्छिन्। 

काजोल (१ करोड ६० लाख डलर) 
काजोल बलिउडको चर्चित नाम हो। उनले बलिउडमा सफल फिल्महरु दिएकी छिन्। उनीसँग १ करोड ६० लाख डलर सम्पत्ति रहेको छ। रिपब्लिक वर्ल्डका अनुसार मुम्बईमा शिव शक्ति नामको विलासी भवन उनकै स्वामित्वमा छ। यसबाहेक धेरै ब्रान्डलाई समर्थन गरेबापत पनि आय हुने गरेको छ। उनी अभिनेता अजय देवगनकी श्रीमती हुन्। 

विपाशा बासु (डेढ करोड डलर) 
मोडल हुँदै अभिनेत्री बनेकी विपाशा बासुसँग डेढ करोड अमेरिकी डलर सम्पत्ति रहेको सेलिब्रिटी नेटवर्थले जनाएको छ। सन् २००० को दशकको सुरुतिर उनले फेसनेबल पहिरन र शरीरको आकर्षक फिगरले बलिउडमा राम्रै प्रभुत्व जमाएकी थिइन्। 

उनका तीन सफल डीभीडी त छँदै छ, लाइफस्टाइल ब्रान्ड द लेबल लाइफमा पनि अन्य अभिनेत्रीसँग स्वामित्व बाँडेकी छिन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .