ad ad

कला


मार्टिन र इस्तभानलाई 'सत्यजीत रे लाइफटाइम अचिभमेन्ट अवार्ड'

मार्टिन र इस्तभानलाई 'सत्यजीत रे लाइफटाइम अचिभमेन्ट अवार्ड'

नेपालखबर
कात्तिक ६, २०७८ शनिबार १४:४६, काठमाडौँ

मार्टिन स्कार्सेस र इस्तभान स्जाबोलाई ५२औँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा 'सत्यजीत रे लाइफटाइम अचिभमेन्ट अवार्ड' बाट सम्मानित गरिने भएको छ। 

भारतका सूचना तथा सञ्चारमन्त्री अनुराग ठाकुरले यस्तो घोषणा गरेका हुन्। 

इस्तेवान साबो हंगेरीको सबैभन्दा सम्मानित फिल्म निर्देशक हुन्। मार्टिन हलिउडका प्रसिद्ध निर्माता-निर्देशक र लेखक हुन्। 

५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल नोभेम्बर २० देखि २८ सम्म भारतको गोवामा हुनेछ।

केन्द्रीय मन्त्री अनुराग ठाकुरका अनुसार पहिलो पटक प्रमुख ओटिटी दिग्गजहरूलाई आइएफएफआई महोत्सवमा आमन्त्रित गरिएको छ।

महोत्सवमा पहिलो पटक ओटिटी प्लेटफर्महरू नेटफ्लिक्स, अमेजन प्राइम, जि-५, वुट र सोनी लाइभ फिल्म महोत्सवमा सहभागी हुनेछन्।

सबैले ओटिटी विशेष मास्टरक्लासहरू, सामग्री लन्च प्लेटफर्महरूले भर्चुअल कार्यक्रममार्फत भाग लिनेछन्। 

ठाकुरले भने, 'ओटिटीमा फिल्महरू हेर्ने क्रम बढ्दो छ। यस्तो स्थितिमा आइएफएफआई नयाँ प्रविधि अपनाएर ओटिटी दिग्गजहरुलाई एक नयाँ मञ्च प्रदान गरिरहेको छ।'

उदीयमान प्रतिभालाई अवसर

ठाकुरका अनुसार आइएफएफआईले भारतको उदीयमान प्रतिभाहरूलाई मञ्च प्रदान गर्नेछ। उनीहरु मूलधारका फिल्म निर्माता र फिल्म उद्योगसँग जोडियुन् भन्न यसो गरिएको उनले बताए।

३५ वर्षमुनिका ७५ रचनात्मक प्रतिभालाई महोत्सवमा आमन्त्रित गरिनेछ। यी युवा प्रतिभा देशभरबाट युवा फिल्म निर्मातालाई प्रतियोगिताको माध्यमबाट चयन गरिनेछ। 

यसका लागि अनलाइन आवेदन पेस गर्ने अन्तिम मिति अक्टोबर २०२१ हो।

आइएफएफआईले महोत्सवको उद्घाटन कार्लोस सौराद्वारा निर्देशित 'द किङ अफ अल द वर्ल्ड' (अल रे डे टोडो अल मुन्डो) बाट गर्नेछ। 

यो फिल्मको अन्तर्राष्ट्रिय प्रिमियर पनि हुनेछ। यसबाहेक भेनिस फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ निर्देशकको अवार्ड जित्ने जेन क्याम्पियनद्वारा निर्देशित 'द पावर अफ द डग' एक मिड फेस्ट फिल्म हुनेछ। 

५२औँ इफ्फीमा करिब ३० चलचित्र छनोट भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .