‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ कोसफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने अर्को श्रृङ्खला थपिएको छ।
परियारको अर्को गित ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोलको गीत इम्प्रेसन्स इन्टरटेनमेन्टले बजारमा ल्याउँदैछ।
मनोरञ्जन उधोगका सिद्दहस्त नृत्य निर्देशक कविराज गहतराज र छायांकार हरि हुमागाईको संलग्नतामा क्लब प्ल्याटिनियममा गीतको छायाङ्कन सम्पन्न भएको छ।
रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नायक, पुष्प खड्काका साथमा टिकटक स्टार, अन्जली लुईंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ।
मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडिओको रूपमा रिलिज गर्ने तयारी भइरहेको यो गीतले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निर्माण पक्षको दाबी छ।

प्रतिक्रिया