ad ad

कला


आफ्नो गृहजिल्लाका भरतमणि पौडेल कमेडी च्याम्पियन बनेपछि एमाले नेता योगेश भट्टराई हर्षित

आफ्नो गृहजिल्लाका भरतमणि पौडेल कमेडी च्याम्पियन बनेपछि एमाले नेता योगेश भट्टराई हर्षित

नेपालखबर
असोज ३, २०७८ आइतबार ६:१, काठमाडौँ

कमेडी च्याम्पियन–२ को उपाधि आफ्नो गृहजिल्ला ताप्लेजुङका भरतमणि पौडेलले जितेपछि नेकपा एमालेका नेता योगेश भट्टराई निकै खुसी भएका छन्। 

सुरुदेखि नै पौडेलको प्रचार गरिरहेका नेता भट्टराईले उनी शनिबार कमेडी च्याम्पियन घोषणा भएपछि बधाई दिएका छन्। 

कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी साेको शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन्। 

साथै उनले हास्यव्यंग्य क्षेत्रमा नयाँ र सशक्त पुस्ताको उदय भएको बताएका छन्।  

‘नयाँ र सशक्त पुस्ताको उदय भएको छ’, नेता भट्टराईले भनेका छन्, ‘नेपाली हास्य कलाकारिता विधामा खुसी व्यक्त गदर्छु।’ 

पेन्टोमाइम गरेर चर्चा कमाएका भारत सिक्किमका बिक्की अग्रवाल पहिलो उपविजेता बने भने गोर्खाका सन्तोष थापा दोस्रो उपविजेता बनेका छन्।

फस्टरनर अप अग्रवाल र सेकेन्ड रनरअप थापालाई पनि नेता भट्टराईले बधाई दिएका छन्। 

भरतमणिले गरेको पूर्वयुवराज पारस शाहको क्यारिकेचरलाई दर्शकले निकै रुचाएका थिए। सेमिफाइनलको उक्त प्रस्तुतिपछि उनी भोटिङबिना नै फाइनलमा पुगेका थिए। 

भरतमणिले उपाधिसँगै २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। त्यसैगरी पहिलो उपविजेता अग्रबालले टिभिएस अपाचे बाइक पाएका छन् भने सन्तोषले टिभिएस स्कुटी पुरस्कार प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .