ad ad

कला


हुम्ला चिनाउने गीत ‘आइजा मैना मेरा हुम्ला’ (भिडियो)

हुम्ला चिनाउने गीत ‘आइजा मैना मेरा हुम्ला’ (भिडियो)

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ६:३०,

चर्चित देउडा गायक नन्दकृष्ण जोशीले ‘आइजा मैना मेरा हुम्ला’ नामक देउडा गीतको भिडियो प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटन मन्त्री योगश भट्टराई दुबैले हेर्नु पर्ने धारणा राखेका छन्।

काठमाडौस्थित संवाद डबलीमा कर्णालीको पहिचान देउडा भिडियो सार्वजनिक गर्दै गायक जोसीले भिजिट नेपाल २०२० को सन्दर्भमा पर्यटन पर्वद्धनका सन्दर्भमा गीतले उत्कृष्ट भूमिका खेल्न सक्ने दावी समेत गरे।

कर्णाली कला संस्कृतिक तथा साहित्य प्रतिष्ठानको आयोजना र सर्वसम्मान म्युजिक प्रलिकोे सहकार्यमा भएको सो कार्यक्रमका गायक जोशीले भिडियोको प्रशंसा गर्दै भने, ‘कमला कर्णालीकी पुतली हुन् जसले सजिलै माहुरीको काम गर्न सक्छिन्।’ उनले देउडा सुदुर र मध्य–पश्चिमको संस्कृति, चिनारी भएको बताउँदै कसैले गीतलाई बिगारेर गाउृँदा आफूहरुलाई दुःख लाग्ने बताए। उनले कमलाको कलामा त्यो खुवी र नवरस पाएकोमा आफूँ खुसी रहेको बताए।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का महासचिव कर्णजित बुढाथोकीले देउडा भिडियोले राम्रो सन्देश दिएको भन्दै कलाकार कमला धामीको प्रशंसा गरे।

हुम्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य छक्कबहादुर लामाले विशेष गरी खसहरुको बस्ती रहेको कर्णालीमा पुरानो जीवनशैली भाषा संस्कृति रहेकाले त्यसलाई जार्गेन गर्न सो भिडियोले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। सांसद लामाले पर्यटन वर्ष २०२० लाई सघाउन त्यहाँको वस्तुस्थिति बुझेकाले सरकारको ध्यानकर्षण गर्न आफू लागि पर्ने प्रतिबद्धता जनाए।

देउडा भिडियो निर्माता कलाकार कमला धामीले कर्णाली प्रदेश विकट र गरिब भनि बदनाम भएको तर त्यस्तो नभई आफैमा कुनै कुराको कमी नहेको धारणा राखिन्। आफू कालिकोट जिल्लाकी भए पनि हुम्लाको सर्केगड गाउँपालिका कला, सांस्कृतिसँगै पुस्तैनी इतिहास जीवित रहेको र प्रदेशको चिनारी भिडियो बन्नसक्ने सम्भावना देखेकोले त्यहाँकोबारे भिडियो उतार्न लागिपरेको बताइन्।

कर्णाली प्रदेशको सर्केगाड गाउँपालिकाका ८ ओटै वडाहरुको कला–संस्कृतिको विषयलाई देउडामा समेटेर निर्माण गरिएको भिडियोमा कर्णालीको जीवनशैली सहजै देख्न बुझ्न सकिन्छ।

गीतमा गौरी भट्ट र धर्मराज न्यौपाने ‘शिशिर’को स्वर गायक न्यौपानेकै लय र कमला धामीको शब्द रहेको छ। म्यिुजिक भिडियोमा रंगमल रोकाया र कमला धामीलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ भने कोरसको प्रयोग गरिएको छ।

गीत सर्वसम्मान म्यूजिक प्रालिका संचालक प्रकाश क्षेत्रीको निर्देशनमा तयार परिएको छ। नवराज घिमिरेको छायाकंन तथा अनिल रानाको सम्पादनमा रहेको छ। 

हेराैँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .