कला


ओटीटी प्लेटफर्मको कमालः अभिनेता मनोज बाजपेयीले किने नयाँ कार

ओटीटी प्लेटफर्मको कमालः अभिनेता मनोज बाजपेयीले किने नयाँ कार

नेपालखबर
साउन २९, २०७८ शुक्रबार १३:५१, काठमाडौँ

मुम्बई । बलिउडका  बलिउडका चर्चित अभिनेता मनोज बाजपेयीले यतिबेला नयाँ कार खरिद गरेका छन् । 

उनी बिहीबार मुम्बईको एक फिल्म स्टुडियो बाहिर नयाँ कारको साथमा देखिएका थिए । 

मनोजलाई धेरैअघिदेखि आफ्नो रुचिको कार किन्ने सोख थियो । पहिले मनोजको टोयोटा ल्याण्ड क्रूजर प्राडो थियो, उनले लामो समयसम्म उक्त सवारी साधन प्रयोग गरे। 

अहिले उनले मर्सिडिज बेन्जको एसयूभी मोडेलको कार लिएका छन्। 

यो सेतो रङको कार धेरै सुन्दर देखिन्छ। यो हुनुमा पछिल्लो समय मानोजको करिअरमा ओटिटी प्लेटफर्मको हात छ । ओटिटीको प्रवेशपछि मनोजको करिअर पुनस् उकालो लागिरहेको छ ।

मनोज बलिउडदेखि वेब सिरिज सम्म उत्कृष्ट अभिनयको कारणले चर्चामा पनि छन्। भर्खरै रिलिज उनी अभिनित वेब सिरिज ुफेमिली म्यान सिजन २ु लाई दर्शकहरूले निकै रुचाएका छन्। 

त्यसयता हेर्ने हो भने मनोजलाई लगातार फिल्मह र वेब श्रृंखलाको प्रस्ताव आइरहेको छ । 

ओटीटीको कमाल
ओटिटीले ल्याएको परिवर्तनको कारण मनोज जस्ता धेरै स्टारलाई काम गर्ने मौका मिलेको छ । यसमा अमित साधको नाम पनि आउँछ । उनलाई पहिला फिल्ममा काम पाउन निकै कठिन थियो । तर अहिले धमाधम वेब सिरिजको प्रस्तावहरू प्राप्त गरिरहेका छन् उनले । 

शेखर सुमनका छोरा अध्ययन सुमन पनि ओटिटीलाई आफ्नो जीवनमा धेरै विशेष मान्छन्, । ुयो अभिनय क्षेत्रमा मेरो दोस्रो जन्म हो,ु उनी भन्छन् । 

उनी १४ ठूला प्रोजेक्टमा अहिले काम गरिरहेका छन्। यदि यो अवसर जारी रहने हो भने मनोजजस्ता थुप्रै बलिउड स्टारले रोजाइका कार किन्नेछन् ।

मनोज भर्खरै ‘डायल १००’ मा देखिएका छन् । यसपछि  उनी आफ्नो फिल्म ‘कुरुप’ र ‘डिस्प्याच’मा छिटै देखिनेछन्। सन् २०२० मा रिलिज भएको उनको फिल्म सूरज पार मंगल भारीपनि दर्शकबाट रुचाइयो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad