ad ad

कला


कवि हरिवंशको किताब आफ्नै आवाजमा रेकर्ड गर्दै अमिताभ बच्चन

कवि हरिवंशको किताब आफ्नै आवाजमा रेकर्ड गर्दै अमिताभ बच्चन

नेपालखबर
असार ३१, २०७८ बिहिबार १४:२६,

बलिउड अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमार्फत् आफ्ना प्रशंसकलाई एउटा सरप्राइज दिएका छन्। 

उनले कवि हरिवंश राय बच्चनको कविता आफ्नै आवाजमा रेकर्ड गर्ने तयारी गर्न लागेको बताएका छन्।

भारतीय चर्चित कवि हरिवंश अमिताभका पिता हुन्। अमिताभलाई आफ्नो बाबुको किताबसँग निकै दिलचस्पी छ। 

अमिताभले यो घोषणा गर्दै ट्विटरमा फोटोसमेत सार्वजनिक गरेका छन्। सेयर गरेको एक तस्बिरमा उनी हेडफोन लगाएको र अर्कोमा बुबाको पुस्तक पढिरहेको देखिन्छन्।

उनले ट्वीट गरेका छन्, ‘मेरो पूज्य बाबूजीको लेखनबाट आफूले आफैंलाई धेरै टाढा राख्न सक्दिनँ। र उहाँको उच्चारण, आफ्नै स्वरमा।’

अमिताभ बच्चनले आफ्नो नयाँ ब्लगमा लेखेका छन्, ‘प्यारो पिताको कामलाई कहिल्यै टाढा राख्नुहुन्न। कहिले सँगै र उहाँको साथमा अहिलेसम्म जे देखें र सुनें र साथहरु बितिगए एउटा अचम्म यो छ कि धेरै पहिलाको अवशेष एक साथ रहँदो रहेछ। र अहिले साल र घण्टाहरू बितिसके। श्रद्धाको आँखा... मनको महानता... उहाँको प्रतिभा... सबैले एकै रातमा उत्तेजित गराइदिए। उहाँको कवितालाई फेरि रेकर्ड गर्ने इच्छा छ, म प्रयास गर्छु कि जबसम्म सही स्वर, सही ग्राफ र भावनामा आउँदैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .