ad ad

कारोबार


सुदूरपश्चिम सरकारले बढायो सवारीसाधन कर, कुनमा कति बढ्यो?

सुदूरपश्चिम सरकारले बढायो सवारीसाधन कर, कुनमा कति बढ्यो?

नेपालखबर
असार २, २०८१ आइतबार १४:५८, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारले सवारीसाधनमा लाग्ने कर बढाएको छ। 

आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको प्रदेशले आर्थिक विधेयकमार्फत कार, जिप, भ्यान र माइक्रोबसमा सीसीअनुसार २ देखि ३ हजार रुपैयाँसम्म कर बढाएको छ। 

यसअनुसार उक्त सवारीसाधनमध्ये १००० सीसीसम्म २१ हजार, १००१ देखि १५०० सीसीसम्म २३ हजार, १५०१ देखि २००० सीसीसम्म २५ हजार, २००१ देखि २५०० सीसीसम्म ३५ हजार, २५०१ देखि २९०० सीसीसम्म ४० हजार र २९०१ देखि माथिका जुनसुकैमा ५८ हजार रुपैयाँ कर लाग्ने भएको छ। 

चालू आवमा उक्त सीसीअनुसार क्रमैसँग १९ हजार, २१ हजार, २३ हजार, ३२ हजार, ३७ हजार र ५३ हजार रुपैयाँ कर लगाइएको थियो। 

त्यसैगरी डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेनजस्ता मेसिनरी उपकरण र मिनीटिपरमा ३ हजार र ५ हजारका दरले कर बढाइएको छ। मिनिटिपरमा चालू वर्षमा २५ हजार कर लगाएको प्रदेश सरकारले आगामी आवमा ३ हजार बढाएर २८ हजार रुपैयाँ पुर्‍याएको छ। 

यसबाहेक डोजर, एक्स्काभेटर, लोडर, रोलर, ट्रिपर र क्रेनमा चालू आवमा ३५ हजार रहेको करलाई बढाएर ४० हजार पुर्‍याइएको छ। 

ट्राक्टर र पावर टिलरतर्फ प्रदेश सरकारले ट्राक्टरमा दोब्बरले कर बढाएको छ। ४ हजार रहेको करलाई ८ हजार पुर्‍याइएको छ। त्यसैगरी पावर टिलरमा १ हजार रहेको कर यथावत् राखिएको छ। 

मिनिट्रक र मिनिबसको २० हजार करलाई २३ हजार, ट्रक र बसको ३० हजार करलाई ३५ हजार पुर्‍याइएको छ। 

यता मोटरसाइकल १२५ सीसीसम्म २५ सय रहेको कर २६ सय, १२६ देखि १५० सीसीसम्म ४५ सय रहेको कर ४८ सय, १५१ देखि २५० सीसीसम्म ५५ सय रहेको कर ६ हजार, २५१ देखि ४०० सीसीसम्म ८ हजार रहेको कर १० हजार रुपैयाँ र ४०१ र सोभन्दा माथि ९ हजार रुपैयाँ रहेको कर ११ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ। 

सार्वजनिक सवारीसाधनतर्फ कार, जिप, भ्यान र माइक्रोबसमा १३ सय सीसीसम्म ८ हजार रहेको कर २ हजार रुपैयाँ बढेर १० हजार रुपैयाँ पुगेको छ। १३०१ देखि २००० सीसीसम्म १० हजार रहेको कर १२ हजार पुग्दा २००१ देखि २९ सय सीसीसम्म ११ हजारबाट १३ हजार रुपैयाँ पुगेको छ। 

त्यस्तै २९०१ देखि ४ हजार सीसीसम्म १३ हजार रहेको कर १५ हजार पुग्दा ४००१ देखि माथि १५ हजारबाट १८ हजार रुपैयाँ पुगेको छ। 

सार्वजनिक डोजर, एक्स्काभेटर, लोडर, रोलर, ट्रिपर र क्रेनजस्ता मेसिनरी उपकरणमा १५ हजार रहेको कर २० हजार रुपैयाँ पुगेको छ। 

त्यस्तै ट्रेक्टरको २५ सय, हार्वेस्टरको २ हजार, पावर टिलरको १२ सय, मिनिट्रक र मिनिबसको १३ हजार, मिनि ट्रिपरको १५ हजार, ट्रक र बसको २० हजार, तीन पांग्रेको ४ हजार रुपैयाँ पुगेको छ। तीनपांग्रेबाहेक अहिले यी सवारीसाधनको क्रमशः १५ सय, १ हजार, १० हजार, १२ हजार, १६ हजार रुपैयाँ छ।  

सार्वजनिक दुईपांग्रेको सवारी कर १२५ सीसीसम्म २५ सय, १२६ देखि १५० सम्म ४५ सय, १५१ देखि २५० सीसीसम्म ५५ सय, २५१ देखि ४०० सीसीसम्म ८ हजार र ४०१ देखि माथि ९ हजार रुपैयाँ पुगेको छ। 

निजी विद्युतीय सवारीमा पनि सुदूरपश्चिम सरकारले कर बढाएको छ। 

निजी विद्युतीय मोटरसाइकल र स्कुटरमा ५०० वाटसम्म १ हजार रहेको कर १२ सय, ५०१ देखि १००० वाटसम्म १५ सय रहेको कर १७ सय, १००१ माथि १५ सय वाटसम्म २ हजार रहेको कर २३ सय, १५०१ देखि माथि ३ हजार रहेको कर ३५ सय रुपैयाँ पुगेको छ। 

विद्युतीय कार, जिप, भ्यान, माइक्रोबस र बसमा ४९ किलोवाटसम्म १० हजार रहेको कर १२ हजार, ४९ देखि १२५ किलोवाटसम्म १५ हजार रहेको कर १८ हजार, १२५ देखि २२५ किलोवाटसम्म २० हजार रहेको कर २४ हजार, २२५ देखि माथि ३० हजार रहेको कर ३५ हजार रुपैयाँ पुगेको छ। 

सार्वजनिक विद्युतीय सवारीसाधनमा पनि कर हेरफेर भएको छ। 

यसअनुसार कार, जिप, भ्यान, माइक्रोबस र बस ४९ किलोवाटसम्म २५ सयबाट ३५ सय पुगेको छ। त्यस्तै ४९ किलोवाटबाट १२५ किलोवाटसम्म ४५ सयबाट ६ हजार रुपैयाँ पुग्दा १२५ किवाबाट २२५ किवासम्म १० हजार रहेको कर १३ हजार रुपैयाँ पुगेको छ। २२५ किवाभन्दा माथि हाल १५ हजार रहेको कर २० हजार रुपैयाँ पुगेको छ। इरिक्साको ३ हजार रुपैयाँ पुगेको छ। 

सवारी दस्तुर पनि बढ्यो 
प्रदेश सरकारले सवारी दस्तुर पनि बढाएको छ। यसअनुसार सार्वजनिकतर्फ ठूला सवारीको ५ सयले बढेर ३ हजार पुग्दा मझौलाको पनि सोही दरले बढेर २ हजार रुपैयाँ पुगेको छ। सानामा कार, जिप, भ्यान, पिकअप, तीनपांग्रे र पावर टिलरको १४ सयबाट १६ सय तथा मोटरसाइकल र स्कुटरको ८ सय पुगेको छ। 

निजीतर्फ ठूला सवारीको ५ सयले बढेर २ हजार, मझौला सवारीको १ हजारबाट १५ सय र साना सवारीहरु कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर टिलरको ८ सयबाट १ हजार रुपैयाँ पुगेको छ। मोटरसाइकल र स्कुटरको ५ सयबाट ८ सय पुगेको छ। 

पर्यटक सवारी र संस्थानको सवारी दस्तुर सार्वजनिक सवारीसरह लाग्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .