टायल्स र बाथवेयर ब्रान्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ।
पारस खड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफीलगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरुको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराइने कम्पनीले जनाएको छ।
सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको बताए। खड्काको लगनशीलता र उत्कृष्टताको यात्राले नवीन र नेतृत्वको सिद्धान्तलाई झल्काउने उनको भनाइ छ।
सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस एक चर्चित अलराउन्डर र नेपालमा घर–घरमा चिनिएको नाम भएको बताए। उनी केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारीता र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय रहेको उल्लेख गरे। युवादेखि परिवारसम्म सबैमा उनको लोकप्रियता भएकाले उनी सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रस्तुत गर्नका लागि उत्तम व्यक्तित्व रहेको भन्दै प्रशंसा गरे।
पारस खड्काले यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै आफुले जिवनमा लिएको मूल्यमान्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका थिए।
सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको रुपमा रहेको र आफूले व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको बताए। कार्यक्रममा कम्पनीले पारस खड्कालाई आगामी दिनमा ब्रान्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा प्रस्तुत गर्ने जनाएको छ।
Shares

प्रतिक्रिया