ग्लोबल


इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २५ जना प्यालेस्टिनी पक्राउ

इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २५ जना प्यालेस्टिनी पक्राउ

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १६:५४, काठमाडौँ

इजरायली कब्जा बल (आइओएफ) ले बिहीबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी, छापा र हिंसात्मक अभियान सुरु गरी २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ।

आइओएफले दक्षिणी अल-खलिलमा छापा मार्दा डुरा सहरमा १८ जना नाबलुसको दक्षिणमा बेइता र क्यारिउट गाउँहरूमा अन्य चार जना र तुलकार्मको उत्तरमा डेर अल-घुसुन सहरमा तीन जना प्यालेस्टिनी युवाहरूलाई पक्राउ गरेको प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए)ले रिपोर्ट गरेको छ। 

अभियानको क्रममा, आईओएफले जेरुसेलम (अल-कुद्स) को उत्तरपश्चिममा रहेको अल-कुबायबा सहरको एउटा पार्क क्षतिग्रस्त बनाएको बताइएको छ। 

गिरफ्तारी वेस्ट बैङ्क क्षेत्रमा इजरायली कब्जा बलले सुरु गरेको प्यालेस्टिनी नागरिक विरुद्धको अभियान तथा नीतिको कार्यन्ययनको रूपमा अगाडी बढाइएको जनाइएको छ। 

जसको उद्देश्य प्यालेस्टिनीहरूलाई त्रसिद बनाउनु उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्नु, जीवनयापन असहज बनाई बर्हिगमनको लागि बाध्य पार्नु र कैदीहरूलाई रिहा गर्नु रहेको जनाइएको छ। रासस/क्यूएनए 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad