कारोबार


नयाँ म्याकको बजारमा उछाल: टिम कुकले भने– ‘यो अहिलेसम्मकै उत्कृष्ट’

नयाँ म्याकको बजारमा उछाल: टिम कुकले भने– ‘यो अहिलेसम्मकै उत्कृष्ट’

नेपालखबर
चैत ८, २०८२ आइतबार १४:५०, काठमाडौँ

प्रविधि क्षेत्रको अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले नयाँ ‘म्याक’ कम्प्युटरको बिक्रीले इतिहासमै नयाँ रेकर्ड कायम गरेको दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्समा एउटा पोष्ट गर्दै कुकले नयाँ म्याक सार्वजनिक भएको पहिलो हप्तामै पहिलो पटक एप्पलको उत्पादन प्रयोग गर्ने ग्राहकहरूको संख्या अहिलेसम्मकै उच्च देखिएको बताएका हुन्।

कुकले लेखेका छन्, 'नयाँ म्याक प्रयोगकर्ताहरूका लागि यो हप्ता अहिलेसम्मकै उत्कृष्ट लन्च विक रह्यो। ग्राहकहरूको यो उत्साह देखेर हामी निकै खुसी छौँ।'एप्पलले हालै आफ्ना उत्पादनहरू— म्याक मिनी, आइम्याक र म्याकबुक प्रो— मा शक्तिशाली 'एम-४' चिपसेट राखेर बजारमा ल्याएको थियो। विशेषगरी, सानो साइज र उच्च क्षमताको 'म्याक मिनी' र एआई फिचरसहितको 'एप्पल इन्टेलिजेन्स'ले नयाँ प्रयोगकर्तालाई आकर्षित गरेको एप्पलको मात्र समाचार लेख्ने म्याकरू्युमर अनलाइनले लेखेको छ।

बजारमा अन्य प्रतिस्पर्धी ल्यापटप र कम्प्युटरहरू हुँदाहुँदै पनि पहिलो पटक म्याक किन्नेहरूको यो लहरले एप्पलको बजार हिस्सा थप बलियो बनाउने देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad