कारोबार


एनआईसी एसियाले गर्‍यो दुर्घटना बीमा गरेका ग्राहक परिवारलाई ३० लाख भुक्तानी

एनआईसी एसियाले गर्‍यो दुर्घटना बीमा गरेका ग्राहक परिवारलाई ३० लाख भुक्तानी

नेपालखबर
साउन ३०, २०७९ सोमबार १८:२५, काठमाडौँ

एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकहरुको दुर्घटनामा परी मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभअन्तर्गत दाबी भुक्तानी गरेको छ। 

मृतक खातावालका परिवारलाई बैंकले उक्त सुविधाअनुसार बीमाबापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको छ। 

बीमा लाभ प्राप्त गर्नेमा त्रिपुरेश्वर शाखामा केएमसी एम्बासडर बचत खाता खोलेका स्व. शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व. टंक प्रसाद घिमिरेको श्रीमती डिलीमै घिमिरे र सुदूरपश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व. ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी रहेका छन्। 

खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदूरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक–फरक कार्यक्रमका बीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरे। बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग बीमाबापत २ करोड ४० लाख, दुर्घटना बीमाबापत ७० लाख र मेडिकल बीमाबापत ३ करोड ३ लाख गरी कुल ६ करोड १३ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .