कारोबार


एक वर्षमा नेपालले लियो २ खर्ब ३७ अर्ब आर्थिक सहायता

एक वर्षमा नेपालले लियो २ खर्ब ३७ अर्ब आर्थिक सहायता

नेपालखबर
साउन २६, २०७९ बिहिबार १३:२८, काठमाडौँ

एक वर्षमा नेपालले २ खर्ब ३७ अर्ब रुपैयाँ आर्थिक सहायता  लिएको छ। 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालले ९३ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता लिएको हो। 

गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै नेपालले ८३ अर्ब ८४ करोड अनुदान र २८ अर्ब ऋण सहायता लिएको हो। जसअनुसार अन्तिम त्रैमासिकमा मात्रै १ खर्ब ११ अर्ब ८४ करोड रुपैयाँ वैदेशिक सहायता लिएको अर्थ मन्त्रायले जनाएको छ। 

गत आवमा २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा २ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ परिचालन भएको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .