सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
सरकारले अधिकारीलाई यसअघि पनि अधिकारीलाई निलम्बन गरेको थियो। तर सर्वोच्च अदालतको निर्णयले उनलाई निगममा फर्काएको थियो।
अधिकारीमाथि कर्मचारीमाथि दूव्र्यवहार गरेको आरोप छ। कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई स्पष्टीकरण सोधेको थियो।
निगमका पूर्वकर्मचारी अधिकारी ०७८ कात्तिकमा निगमको अध्यक्ष नियुक्त भएका थिए।
72
Shares
प्रतिक्रिया