अत्यधिक चिसोका कारण बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा माछा पर्न थालेका छन्।
पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताए। उनले १० वर्षदेखि ६ बिघामा व्यावसायिक माछापालन गर्दै आएका छन्।
लामो समयदेखि चलेको शीतलहरले पोखरीको पानी अत्यन्त चिसो हुँदा तापक्रम घटेर माछा मर्न थालेका उनले बताए। ‘चिसोको कारण माछाले दाना पनि खान छोडेका छन्,’ उनले भने।
प्रतापपुर गाउँपालिका–२ का भवानी शङ्कर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन्।
अत्यधिक चिसोका कारण आफ्नो पोखरीमा २० क्विन्टल बैखी माछा मरेको उनले बताए।
291
Shares

प्रतिक्रिया