ad ad

कारोबार


पूर्वाधार विकासका आयोजना पूरा गर्न कोशीले संघीय सरकारसँग माग्यो साढे तीन अर्ब

पूर्वाधार विकासका आयोजना पूरा गर्न कोशीले संघीय सरकारसँग माग्यो साढे तीन अर्ब

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २२, २०७९ बुधबार १७:५३, विराटनगर

कोशी प्रदेश सरकारले पूर्वाधार विकाससँग सम्बन्धित आयाेजना पूरा गर्न संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गरेकाे छ।

काेशी प्रदेश सरकारकाे बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाका लागि ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ अपुग भएकाले संघ सरकारसँग माग्ने निणर्य गरेकाे हाे। 

बैठकले सरकारलाई सहयोग गर्नेगरी विभिन्न समिति गठन गरेको छ।

जसमा सिँचाइमन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा राजनीतिक तथा प्रशासन समिति बनेको छ।

उक्त समितिको सदस्यहरुमा पूर्वाधार विकासमन्त्री दुर्गा चापागाईं, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य छन्।

यस्तै सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा पर्यटनमन्त्री जीवन आचार्य, स्वास्थ्यमन्त्री निर्मला लिम्बू र कृषिमन्त्री भक्ति सिटौला सदस्य रहने गरी कानुन न्याय तथा प्रदेश मामिला समिति पनि गठन भएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री दुर्गा प्रसाद चापागाईंको संयोजकत्वमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य रहेको आर्थिक सामाजिक तथा पूर्वाधार समिति पनि गठन भएको सरकारका प्रवक्ता मेत रहेका मन्त्री सिटौलाले बताए। 

प्रदेश सरकारले कोशी नाम खारेजीको माग गर्दै भइरहेको आन्दोलनको विषयमा कुनै औपचारिक निर्णय गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .