कारोबार


चुहानडाँडा विमानस्थल बनाउन मन्त्री किराँतीलाई तेह्रथुमका जनप्रतिनिधिको माग

चुहानडाँडा विमानस्थल बनाउन मन्त्री किराँतीलाई तेह्रथुमका जनप्रतिनिधिको माग

सहरी विकासमन्त्री सीता गुरुङसहित तेह्रथुमका जनप्रतिधिले चुहानडाँडा विमानस्थल बनाउन आग्रह गरेका छन्। तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत २२, २०७९ बुधबार १७:५५, काठमाडौँ

सहरी विकासमन्त्री सीता गुरुङसहित तेह्रथुमका जनप्रतिधिले चुहानडाँडा विमानस्थल बनाउन आग्रह गरेका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जनप्रतिनिधिले लामो समयदेखि चर्चामा आए पनि नबनेको गुनासो गरेका हुन्।

२०३२ सालदेखि चर्चामा आए पनि अहिलेसम्म विमानस्थल बन्नसकेको छैन। विमानस्थलको सर्वेक्षण र सम्भाव्यता अध्ययन भने भइसकेको छ। 

‘यहाँ मन्त्रालयमै फाइल अड्किएर बसेको छ’, सहरी विकासमन्त्री गुरुङले मन्त्री किराँतीसँग भनिन्, ‘मन्त्रालयमा रोकिएको फाइल जसरी भए पनि अगाडि बढाउनुपर्छ।’

मन्त्रालयको हवाइ उड्डयन महाशाखामा चुहान डाँडा  विमानस्थलको फाइल अड्किएको मन्त्रीलाई जानकारी दिएका छन्। 

मन्त्री किराँतीले जवाफमा मन्त्रालयबाट फाइल अघि बढ्ने बताए। 

‘मन्त्रालयमा म नयाँ हो। किन रोकिएको हो भन्नसक्ने अवस्था छैन’, मन्त्री किराँतीले भने, ‘मन्त्रालयमा अब फाइल रोकिँदैन। भोलि नै यहाँबाट फाइल अगाडि बढ्छ।’

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले तेह्रथुम पुगेर ३ वर्षमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। घोषणा गरेको अर्को दिन चुहानडाडाँबाट ताप्लेजुङको पाथीभरा जाने क्रममा हेलिकप्टर दुर्घटनामा परी उनको मृत्यु भएको थियो।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .