कारोबार


हिजो तोलामा ७५ सय रुपैयाँ घटेको सुनको मूल्य आज बढ्यो, चाँदी पनि महँगियो

हिजो तोलामा ७५ सय रुपैयाँ घटेको सुनको मूल्य आज बढ्यो, चाँदी पनि महँगियो

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार ११:४२, काठमाडौँ

हिजो घटेको सुनको मूल्य आज फेरि बढेको छ। सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेको हो। 

मंगलबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य हिजो प्रतितोला सात हजार पाँचसय रुपैयाँ घटेको थियो। सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेपछि १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको हो। 

हिजो सुनको मूल्य एक लाख ९० हजार चारसय रुपैयाँ थियो। गएको मंगलबार तोलामा ६ हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 

पछिल्लो समय सुनको मूल्य विश्वबजारमा बढ्दै आएको छ। 

आज विश्वबजारमा सुन ३३३२.२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भइरहेको एजेन्सीहरुले उल्लेख गरेका छन्। त्यसैगरी चाँदी ३३.४२ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad