सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ९ हजार ७ सय र तेजाबी सुन १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।
यता चाँदीको मूल्य भने आज ५ रुपैयाँ प्रतितोलाले घटेको छ। योसँगै आज चाँदी १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन छापावाल सुन १ लाख ९ हजार ५ सय, तेजाबी सुन १ लाख ९ हजार र चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो।
36
Shares
प्रतिक्रिया