कारोबार


सेवाग्राही लिन नआउँदा ४० हजार राष्ट्रिय परिचयपत्र प्रशासन कार्यालयमै थन्कियो

सेवाग्राही लिन नआउँदा ४० हजार राष्ट्रिय परिचयपत्र प्रशासन कार्यालयमै थन्कियो

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार ७:२२, तनहुँ

सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय  तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन्। फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने अनुमान गरिएको छ। 

कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको बताए। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन्। 

चालु आवको प्रथम त्रैमासिकमा राहदानीतर्फ पुरुष दुई हजार १७, महिला एक हजार ३३६, नाबालक ४९ गरी तीन हजार ४०१ जनाले सिफारिस लिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार नागरिकतातर्फ वंशजको आधारमा महिला ७८५, पुरुष ७५१ गरी एक हजार ५३६ जनाले नागरिकता लिएका छन्। 

यस्तै एक हजार १२३ महिला र एक हजार १८३ पुरुषले नागरिकताको प्रतिलिपि लिएका छन्। वैवाहिक अङ्गीकृततर्फ भने दुई जनाले मात्र नागरिकता लिएका छन्। 

यसैगरी नाबालक परिचयपत्र ९२, आदिवासी जनजाति प्रमाणित २०७, दलित प्रमाणित १५१, विपन्न खसआर्य १५ र मुस्लिम नौ जनाले सेवा लिएका छन्। पेन्सन सिफारिसतर्फ २१३, तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण पाँच र शरणार्थीका लागि यात्रा अनुमतिपत्र सिफारिस दुई जनाले लिएका कार्यालयको तथ्याङ्क छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad