ad ad

कारोबार


मेट गालामा सुपरमोडल आमासँगै आएका मस्कले भने– ट्विटरलाई समावेशी बनाउँछु

मेट गालामा सुपरमोडल आमासँगै आएका मस्कले भने– ट्विटरलाई समावेशी बनाउँछु

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार १३:४४, काठमाडौँ

भर्खरै सामाजिक सञ्जाल ट्विटर ४४ अर्ब डलरमा किन्ने पक्का गरेका संसारका धनी इलोन मस्क मंगलबार एक फेसन प्रदर्शनीमा आफ्नी आमासँगै झुल्किए। 

न्युयोर्क सहरमा भइरहेको यो वर्षको मेट गालामा सुपरमोडल आमा माये मस्कसँगै उनी देखिएका हुन्। 

स्पेस एक्सका मालिक त्यहाँ अनौठो मुद्रामा प्रस्तुत भए। रेड कार्पेटमा हिँडिरहँदा उनले पारेको हँसिलो अनुहारको रुपरंगले मानिसहरुलाई चकित बनायो। 

केही मानिसहरुले यसलाई चासो दिएर हेरेका थिए भने केहीलाई मस्कको हँसिलो अवतारमा रुचि नै भएन। 

एक प्रयोगकर्ताले मस्कको उक्त दृश्य भिडियोमा कैद गर्दै सेयर गरेका छन्। 

त्यहाँ उनले भनेका छन्, ‘मेरो पूरै सम्पत्ति यही मान्छेको हातमा छ!’ 

मेट गालाको आफ्नो अवतारबारे उनी स्वयंले पनि लेखेका छन्, ‘मेटमा हँसिलो मुद्रा बनाउँदै!’ 

उक्त कार्यक्रममा उनी क्लासिक कालो कोटयुक्त पहिरनमा आएका थिए। 

सो क्रममा उनले मिडियासँग पनि कुरा गरेका थिए। ट्विटरलाई अहिलेभन्दा व्यापक बनाउन चाहेको र धेरैमाझ विस्तार गर्ने बताएका थिए। 

सम्भव भएसम्म ट्विटरलाई समावेशी बनाउने उनले प्रतिबद्धता व्यक्त गरे। त्यस्तै उनले ट्विटरलाई पारदर्शी बनाउन चाहिेको बताउँदै आलोचकहरुलाई पनि खुल्ला रुपले उपलब्ध गराउने उल्लेख गरे। 

मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने निश्चितप्रायः भइसकेको छ भने यसले औपचारिकता मात्रै पाउन बाँकी छ। योसँगै ट्विटर एक निजी सामाजिक सञ्जाल कम्पनी बन्नेछ। जसको नेतृत्वमा हुनेछन् दक्षिण अफ्रिकामा जन्मिएका टेस्ला सीईओ इलोन मस्क।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .