ad ad

कारोबार


गोरखा १ मा  कांग्रेसका बजगाई विजयी

गोरखा १ मा  कांग्रेसका बजगाई विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ०:७, काठमाडौँ

प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी भएका छन्।

भर्खर सम्पन्न मतगणनामा उनले ३३ हजार ४२८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गरेका हुन्। 

सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामशरण बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरेका छन्।

बजगाईंले एमालेका बस्नेतलाई १६ हजार ६४३ मतको फराकिलो अन्तरले हराएका हुन्। विजयी बजगाईं वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए। विसं २०७४ को प्रदेशसभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगाइँ पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .